साताको कारोबार हुने अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार आएका छ ।
बुधबार नेप्से परिसूचक ३८ दशमलव ८३ अंकले घटेको नेप्से परिसूचक बिहीबार १६ दशमलव ५४ अंकले बढेर १ हजार ८७७ दशमलव ५४ विन्दुमा बन्द भएको हो ।
नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । बिहीबार नेप्सेमा १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।बिहीबार कारोबार भएका १७१ कम्पनीको सेयरमूल्य बढेको छ भने ३७ कम्पनीकोे सेयरमूल्य घटेको छ भने ११ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
बिहीबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ६ दशमलव ९४ प्रतिशतले बढेर प्रतिकित्ता ३८६ दशमलव ६० रुपैयाँ पुगेको छ भने विपीडब्ले लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६ दशमलव शून्य ८ प्रतिशतले बढेर प्रतिकित्ता ४०२ दशमलव ९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २३ करोड २१ लाख ३४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।





























प्रतिक्रिया