प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच भेटवार्ता भएको छ । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतका राष्ट्रपति मुर्मुबीच नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट भएको हो । 

नेपाली प्रतिनिधिमण्डलसहितको सहभागितामा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भारतीय राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट 

प्रधानमन्त्री प्रचण्डले भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गरिसकेका छन् ।

यसअघि आजै प्रधानमन्त्री प्रचण्डले हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। त्यसलगत्तै दुई देशका बीचमा विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गरेका थिए । 

Logo