आज एमालेकाे सचिवालय बैठक बस्दै

आज एमालेकाे सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक आज बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बैठक बाेलाएका हुन्। बैठक आज बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ।

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ। 

सो बैठकमार्फत वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिइने तथा केन्द्रिय सदस्यहरूको कार्यबिभाजनका गरिने छ । गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रिय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो। एमालेको सचिवालयमा पदाधिकारीसिहत १९ जना सदस्य रहेका छन् ।

Logo