अत्यधिक गर्मीले रौतहटका विद्यालय एक हप्ताका लागि बन्द

अत्यधिक गर्मीले रौतहटका विद्यालय एक हप्ताका लागि बन्द

केन्द्रबिन्दु
0
Shares

अत्यधिक गर्मी बढेको भन्दै रौतहटमा एक हप्ताका लागि विद्यालय बन्द गरिएकाे छ। 

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन गरे अनुसार आजबाट विद्यालय बन्द भएका हुन्। 

साे समन्वय इकाइ प्रमुख रामविनय कुमार सिंह जारी गरेको विज्ञप्ति अनुसार जिल्लाका १८ वटै पालिका कार्यालयलाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन दिए पछि आजबाट विद्यालय बन्द हुन लागेका हुन्।

अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित भइरहेकाले वर्षे विदाबाट कट्टा हुने गरी एक हप्ता गर्मी बिदाका लागि अनुरोध आएपछि विद्यालय बन्द गर्नु परेको इकाई प्रमुख सिंहद्वारा जारी सूचनामा उल्लेख छ।  हाल रौतहटसहित मधेस प्रदेशका जिल्लाहरुमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म मापन गरिएको छ।

Logo