एमालेमा जिम्मेवारी हेरफेरः उपाध्यक्षहरूलाई विभागीय प्रमुखकाे जिम्मा, सचिवहरू बने प्रदेश इन्चार्ज

एमालेमा जिम्मेवारी हेरफेरः उपाध्यक्षहरूलाई विभागीय प्रमुखकाे जिम्मा, सचिवहरू बने प्रदेश इन्चार्ज

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।  

एमालेले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्ने जिम्मेवारी दिएको छ । योजना तथा नीतिसम्बन्धी विभागको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् भने पूर्वाधार र विकास निर्माणसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष सुरेन्द्र पाण्डे, कृषि तथा उद्यमशीलता सम्बन्धी विभागको नेतृत्व रामबहादुर थापा बादल र सामाजिक विकाससम्बन्धी विभागको नेतृत्व अष्टलक्ष्मी शाक्यले गर्नेछन् ।

यस्तै, मानव स्रोतसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसम्बन्धी विभागको नेतृत्व सुवास नेम्वाङ र संगठन प्रशिक्षण र प्रचारसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष विष्णु पौडेललाई तोकिएको छ ।

एमालेले संगठन विभाग प्रमुखमा काशिनाथ अधिकारीलाई जिम्मा दिएको छ भने प्रचार तथा प्रकाशन विभागकाृ जिम्मेवारी राजेन्द्र गौतमले पाएका छन् ।

बागमती प्रदेशबाहेक अन्य ६ प्रदेशको इन्चार्ज तोकिएको छ । कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव रघुवीर महासेठ, मधेशको योगेश भट्टराई, गण्डकीको गोकर्ण विष्ट र लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव पद्मा अर्याललाई दिइएको छ । साथै कर्णाली प्रदेशको इन्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन् ।

Logo