सैफअलि भन्दा पहिला रावण बनेका यी पाँच कलाकार, एकसँग त धेरैजना डराउँथे

सैफअलि भन्दा पहिला रावण बनेका यी पाँच कलाकार, एकसँग त धेरैजना डराउँथे

केन्द्रबिन्दु
0
Shares

चलचित्र आदिपुरुषको ट्रेलर हालै सार्वजनिक भएको छ। फिल्मको ट्रेलर रिलिज हुनेबित्तिकै दर्शकले निकै माया पाइरहेका छन्। तर आदिपुरुषको ट्रेलर हेरेपछि सबैभन्दा बढी चर्चामा रहेको पात्र रावण हो। यस फिल्ममा बलिउड अभिनेता सैफअली खानले रावणको भूमिका निर्वाह गरेका छन्।आदिपुरुषको ट्रेलर हेरे पछि उनको निकै तारिफ भइरहेको छ। 

तर, के तपाईलाई थाहा छ सैफ अली खान भन्दा पहिले पनि धेरै कलाकारहरुले पर्दामा रावण बनेर धेरै हेडलाइन बनाएका छन्। आज हामी तपाईलाई त्यही कलाकारहरुको परिचय गराउछौँ।

अखिलेश मिश्र
सन् २००८ मा रामानन्द सागरका छोरा आनन्द सागरले पनि 'रामायण' बनाएका थिए। जसमा राम र सीताको भूमिकामा गुरमीत चौधरी र देबिना मुखर्जी थिए। यस शोमा अभिनेता अखिलेश मिश्रा रावणको भूमिकामा देखिएका थिए, जब अखिलेशले ठूला आँखा र भारी स्वरमा संवाद बोल्ने गर्थे, मानिसहरू साँच्चै नै काँप्ने गर्थे। अखिलेश अहिले पनि त्यही पात्रका लागि चिनिन्छन्।

प्रेमनाथ
प्रेमनाथले सन् १९७६ मा रिलिज भएको फिल्म 'जय बजरंग बली'मा रावणको भूमिका निभाएका थिए। यस फिल्ममा दारा सिंह हनुमानको भूमिकामा थिए, जुन उनको उत्कृष्ट पात्र मध्ये एक हो। यस फिल्ममा रावण बनेका प्रेमनाथलाई पनि निकै मन पराइएको थियो।

आर्य बब्बर
राज बब्बरका छोरा आर्य बब्बर ठूलो पर्दा पछि सानो पर्दामा प्रवेश गरे र टिभी सिरियल 'संकटमोचन महाबली हनुमान'मा रावणको भूमिका निभाएका थिए। यद्दपि आर्याले यो भूमिकाको प्रशंसा पाउन सकेनन्, जुन उनका पहिलेका कलाकारहरुले पाएका थिए।

कार्तिक जयराम
अभिनेता कार्तिक जयरामले एकता कपुरको सिरियल ‘सिया के राम’ मा रावणको भूमिका निभाएका थिए।कार्तिक कन्नड अभिनेता हुन्। कार्तिक कन्नड बिग बोसमा पनि देखिएका छन्,साथै उनले धेरै फिल्ममा पनि काम गरेका छन्।

अरविन्द त्रिवेदी
रामानन्द सागरले पर्दामा 'रामायण' देखाउँदा दर्शक हात जोडेर टिभी अगाडि बस्ने गर्थे। यस ऐतिहासिक सिरियलमा अरविन्द त्रिवेदी रावणको भूमिकामा देखिएका छन्। अरविन्दले यो पात्रलाई पर्दामा जुन तीव्रताका साथ प्रस्तुत गरेका छन्,त्यो प्रशंसनीय छ। अरविन्दको अनुहार बाहेक रावणको चरित्रलाई दर्शकले कल्पना पनि गर्न सकेनन्।

Logo