दीपक विष्टसहित ३ खेलाडीद्वारा राजीनामा

दीपक विष्टसहित ३ खेलाडीद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

तेक्वान्दोका दीपक विष्ट र संगीना वैद्य तथा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले बुधबार राजीनामा दिएका छन् ।

दीपकले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ता तथा संगीनाले तेक्वान्दो संघकै सदस्य पदबाट राजीनामा दिएको विष्टले जनाएका छन् । दुवै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत छन् ।

राखेप अन्तर्गत नै फुटबल सहायक प्रशिक्षक सिंहले भने सहायक प्रशिक्षकबाट राजीनामा दिएका हुन् । तीनैले सम्बन्धित संघमा राजीनामा बुझाएको र त्यसको बोधार्थ राखेपलाई दिएका छन् ।

दीपक र संगीनाले प्रशिक्षककै रुपमा करियर अघि बढाउन खोजेका छन् भने उपेन्द्रमानले एन्फालाई निरन्तरता दिन चाहेका छन् । उपेन्द्रमान अहिले एन्फाको उपाध्यक्ष पदमा रहेका छन् । उनले एन्फाको निकै महत्वकांक्षी परियोजना ग्रासरुट फुटबल र युवा खेलाडी विकासको परियोजना सञ्चालन गरिरहेका छन् ।

हालै लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन– २०७७ मा राखेपका कर्मचारी कुनै पनि संघमा बस्न नपाउने प्रावधान भएकाले अधिकांशले संघबाट राजीनामा दिइरहेका छन् ।

Logo