अपडेट : सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता

अपडेट : सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् ।

राति १ः३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिइन्।

पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । प्रहरी घटनास्थलमा अझै पुग्नसकेको छैन ।

असार २४ गते पनि सिन्धुपाल्चोकमै भिषण बाढी पहिरो गएको थियो । सो पहिरोमा ३ जनाको मृत्यु भयो भने अन्य २० जना बेपत्ता छन् । ३२ वटा घर बगाएको थियो ।रासस

Logo