योगेश भट्टराईकाे प्रश्रः विधेयक प्रमाणीकरण गर्न प्रधानमन्त्रीले राष्ट्रपतिलाई उक्साउने हाे ?

योगेश भट्टराईकाे प्रश्रः विधेयक प्रमाणीकरण गर्न प्रधानमन्त्रीले राष्ट्रपतिलाई उक्साउने हाे ?

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अधिकार हनन गरेको आरोप लगाएका छन् । 

सोमबारको बैठक सुरु भएसँगै एमालेसहित प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए ।  यसपछि सभामुख देवराज घिमिरेले सांसद भट्टराईलाई बोल्न समय दिए ।  

सो क्रममा उनले भने- ‘संविधानको धारा ६१ र ६६ मा विधेयक प्रमाणीकरण गर्ने अधिकार कहाँ छ ? संविधानको धारा ११३ ले विधेयक प्रमाणीकरण गर्ने अधिकार दिएको छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई उक्साउने ? राष्ट्रपति संसद्‌भन्दा माथि हुँदैन । राष्ट्रपति संसद्को अंग हो ।’ 

Logo