कालापानीको सट्टा बंगलादेशको बाटो मैले मागेको होइनः प्रधानमन्त्री प्रचण्ड

कालापानीको सट्टा बंगलादेशको बाटो मैले मागेको होइनः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूमि नेपालको हो भन्ने मान्यता स्थापित गर्न आफु सदैब प्रतिबद्ध रहेको बताएका छन्।

आफ्नो भारत भ्रमणको बारेमा उठेको प्रश्नको बारेमा सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै कालापानीको सट्टा बंगलादेशको बाटो आफुले नमागेको पनि स्पष्ट पारेका छन्।

उनले यस पटक आफूलाई नेपाल फर्कदा भव्य स्वागत हुने र धन्यवाद दिने अपेक्षा गरेपनि उल्टो कुतर्क गरेर आफुलाई बदनाम बनाउने प्रयास गरिएको गुनासो गरे । 

उनले भने ‘कालापानीको सट्टा बंगलादेशको बाटो विकल्प हुन सक्छ भन्ने धारणा मेरो होइन, तपाईहरुकै पार्टी निकट बुद्धिजीवीको सुझाव हो, मैले यसबारेमा के भनेको हो भिडियो र अन्य प्रमाणहरु छन्, यथार्थ तथ्य बुझेर बोल्नु होस्, राम्रो कुरालाई त राम्रो भन्ने अभ्यास सुरु गरौन,यसपटक आफ्नो भ्रमणमा धेरै राम्रो भएको छ, नयाँ आयाम यस भ्रमणले थपेको छ। ’ 

प्रधानमन्त्री दाहालले विवाद भएका सीमा क्षेत्रको समस्या समाधान नगरी नेपाल–भारत सम्बन्ध सहज नहुने बताए। उनले भने ‘विशेष गरि सीमाको विषयमा कालापानी लिपुलेक, लिम्पियाधुरासँग सम्बन्धित विषय र सीमामा जहाँ जहाँ समस्या छन्, ती सम्बन्धमा यो सदनलाई  गम्भीरताका साथ र प्रष्टसंग भन्न चाहन्छु। यो समस्यालाई हामीले समाधान गर्नै पर्छ । जब सम्म यो समस्याको स्थायी र दीर्घकालीन समाधान गरिदैँन्। नेपाल भारत सम्बन्ध सहज हुन सक्दैन् भनेर प्रष्ट संग भारतीय प्रधानमन्त्रीलाई राखेको छु। यति प्रष्टसँग सीमाको विषय हल गर्न खुलस्त राखिएको पहिलो पटक हो र भारतको प्रधानमन्त्रीले सीमा समस्या समाधान गरिन्छ र नेपाल भारत सम्बन्धलाई हिमालको उचाईमा 
पुर्‍याइन्छ भनेर  बोलिएको पनि यो पहिलो पटक हो। ’ 

Skip This
Skip This
Logo