भारत भ्रमण धेरै अर्थमा सफल भएको प्रधानमन्त्रीको दावी

भारत भ्रमण धेरै अर्थमा सफल भएको प्रधानमन्त्रीको दावी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको भारत भ्रमण धेरै अर्थमा सफल भएको दावी गरेका छन्। 

आफ्नो भारत भ्रमणको बारेमा उठेको प्रश्नको बारेमा प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री दाहालले भारतसँग यसपटक तुलनात्मकरुपमा पनि धेरै राम्रो सम्झौता र सहमति भएको बताए। 

उनले भने‘कुनै पनि तथ्य र तर्कलाई सहज र सीधा कुरालाई कसैले पनि घुमाउने कोशिस नगर्नुहोला भन्ने मेरो अनुरोध छ। यो पटकको भारत भ्रमण सफल मात्र हैन तुलनात्मक पनि भयो। यो भ्रमण एक अर्कोलाई घोचपेच गर्ने, एक अर्कोलाई कमजोर देखाउने उद्देश्यले भन्दा कामकाजको बारेमा आर्थिक उर्जा पर्यटनमा,सीमा ट्रेड ट्रान्जिट सम्बन्धि सन्धि जस्ता विषयमा धेरै भएको छ। ’

Logo