नागरिकता विधेयकमा संसदको अधिकार छिनियोः रवि लामिछाने

नागरिकता विधेयकमा संसदको अधिकार छिनियोः रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदको आँखा छलेर सरकारले विधेयक प्रमाणीकरण गराएकोमा आपत्ति जनाएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै सांसद लामिछानेले संसदमा छलफल नै नगराई विधेयक प्रमाणीकरण गर्दा संसदको पनि अधिकार छिनिएको बताएका हुन् ।

‘संसदको आँखा छलेर प्रधानमन्त्रीले मन्त्रिपरिषदको निर्णय गराएर राष्ट्रपति मार्फत जुन विधेयक पास गराउनु भयो त्यसले संसदको अधिकार मात्र छिनेको छैन् । यो संसदमा आएको भए अहिले महिलाहरुमाथि विभेद गरिएको कुरा संसदले उठाउँथ्यो हामी त्यसकारण बोल्न चाहन्थ्यौं ।’ उनले भने, ‘आज हामी त्यसको विरुद्धमा रहेको जसले त्यसको विरोध गरिरहेका छौं । यो विधेयकमा जसले नागरिकता पाउनु पथ्र्यो उनीहरुले पाउनु पर्दैन भन्ने कुराको वकालत गरिरहका छन् भन्ने भाष्य बनिरहेको छ । यो दोष प्रधानमन्त्रीले लिनु पर्छ सरकारले लिनु पर्छ । यो मन्त्रिपरिषदको निर्णयको कारणले यो अदालत पुग्यो र यसले गर्दा त्यो अधिकार हनन भएको छ  ।’

Logo