नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको भूमि मिचिएको कुरा बोल्न नहुने भन्दै संसदमा प्रश्न उठाएका छन् ।
सोमवार संसदमा विषेश समय लिएर बोल्दै अध्यक्ष ओलीले छिमेकी देशका सेना सिमाभन्दा वर आएर बस्ने तर नेपालले सिमा मिचियो भन्न नमिल्ने भन्ने नहुने तर्क गरेका हुन् । प्रतिपक्ष दलका नेतासमेत रहेका ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले सिमा विवादको विषयमा फितलो प्रर्दशन गरेको भन्दै आपत्ति जनाए ।
उनले नेपालको भूमि मिचिएको भन्ने तथ्य र प्रमाण हुदाँहुँदै पनि प्रधानमन्त्रीले प्रभावकारी भूमिका खेल्न नसकेको तर्क गरे । उनले भने, ‘सुगौली सन्धि भन्दा ठुलो तथ्य प्रमाण के हुनसक्छ । तर प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो ।’
दुवै सदनले पारित गरेर संविधान संशोधन सुगौली सन्धिले तोकेको भूमि फेरि आफ्नो भनेर प्रमाणीत गर्न आवश्यक नरहेको उनको तर्क छ । ‘१ सय ४६ बर्षसम्म हामीले भोग चलन गरेको भूमि हामीले सदर गर्नुपर्यो भने ।’, उनले भने, ‘सदर त सदर भै सक्योन नि । हामीले संविधानले सदर गर्यो । सबैले सदर गर्यो । इतिहासले सदर गर्यो । दुनियाँमा भएका नक्साहरुले सदर गर्या छ ।’ तर आवश्यक परे वार्तामा प्रमाण पेश गर्न नेपाल तयार रहेको बताए ।































प्रतिक्रिया