घुसबापत पाँच लाख रुपैयाँ लिएका मेयरका छोरा पक्राउ

घुसबापत पाँच लाख रुपैयाँ लिएका मेयरका छोरा पक्राउ

केन्द्रबिन्दु
0
Shares

सिरहा।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग लिएको घुस रकमसहित सिरहा कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका छोरासहित दुईजनालाई पक्राउ गरेको छ । महोत्तरीको बर्दिवासस्थित आयोगको कार्यालयबाट खटिएको प्रहरी नायव उपरीक्षक मधुकुमार थापा नेतृत्वको टोलीले बुधबार दिउसो मेयर मण्डलका ३५ वर्षीय छोरा सन्तकुमार मण्डल र ३३ वर्षीय जितेन्द्रकुमार महतोलाई पक्राउ गरेको हो ।

लहानमा सेवाग्राहीसँग कमिसनबापत नगद पाँच लाख रुपैयाँ बुझेर कल्याणपुर फर्किने क्रममा लहान नगरपालिका–२२ राजदेवी चोकबाट उनीहरूलाई रकमसहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । कल्याणपुर नगरपालिका क्षेत्रमा आरसिसी ढलान सडकको डिपिआर तयार गर्दा छुट्याइएको बजेटमध्ये डिपिआर बनाउने फर्मसँग कमिसनबापतको रकम बुझेर फर्किंदै गर्दा उनीहरू पक्राउ परेका हुन् ।

डिपिआर बनाउन कुन फर्म संलग्न थियो र कुन सडकको आरसिसी ढलानको डिपिआर हो भन्ने खुलेको छैन । घुस रकमसहित पक्राउ गरिएका दुवैजनालाई आयोगको बर्दिवासस्थित कार्यालय लगिएको छ ।नयाँ पत्रिकाबाट

Logo