मधेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मधेस प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो। जसका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
जसअनुसार मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन। अर्थमन्त्री संजय कुमार यादवले मधेस प्रदेश सरकारले नमुना १०० आयोजनाहरुको घोषणा गरेर कार्यान्वयनमा ल्याइने जनाई सकेका छन्।
उनका अनुसार नीति तथा कार्यक्रममार्फत पुरानो योजनाहरूलाई निरन्तरता दिँदै मुख्यतः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ।





























प्रतिक्रिया