प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति काँग्रेसको विमति, नेकपाको संस्थागत धारणा के ?

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति काँग्रेसको विमति, नेकपाको संस्थागत धारणा के ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति र ब्यवहारप्रति विमति प्रकट गर्दै सो बारे सरकार र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संस्थागत धारणा सार्वजनिक गर्न माग गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत पछिल्लो समय मुलुकमा देखिएको विविध परिदृश्यमा प्रधानमन्त्रीका अभिव्यक्तिहरुले प्रश्न सिर्जना गरेको उल्लेख गर्दै प्रतिपक्षी दलका तर्फबाट सार्वजनिक प्रश्न गर्नु आफ्नो कर्तव्य भएको बताएका छन् ।

काँग्रेसले मुलुकभर बाढी–पहिरोमा कयौँको मृत्यु भएको बेला केवल समवेदनाको एक वक्तव्यमा सीमित हुनु नहुने, कोरोना महामारी नियन्त्रणमा युद्धस्तरमा तयारी गर्नुपर्ने, सर्वसम्मतिले देशको नयाँ नक्सा संसदबाट जारी भएपछि कूटनीतिक पहलकदमी गर्नु पर्ने प्रधानमन्त्रीको दायित्व हुने उल्लेख गरेको छ ।

नयाँ नक्सा अनुरुपको जमिनमा हक स्थापित गर्न गम्भीर कूटनीतिक पहलकदमी भन्दा अयोध्याबारे विवादास्पद मत व्यक्त गर्नुको अर्थ विषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर नभएको भनी प्रवक्ता शर्माले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री पद मुलुकको संस्कार, संविधान र संवेदनशीलताभन्दा अलग हुन नहुने संविधानले परिकल्पना नगरेको उल्लेख गर्दै काँग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति वा नेकपाको विश्वास बमोजिमको हो कि होइन भनी प्रस्टीकरणको मागसमेत गरेको छ ।

Skip This
Skip This
Logo