मैले कुनै पनि प्रभावमा परेर काम गरेको छैनः अर्थमन्त्री महत

मैले कुनै पनि प्रभावमा परेर काम गरेको छैनः अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री प्रकाश शरण महतले इमान्दार भएर काम गर्दा पनि आफूमाथि प्रश्न उठाइएको दाबी गरेका छन् । 

बजेट निर्माणका क्रममा विचौलिया छिराएको आरोपबारे सदनलाई मंगलबार जवाफ दिने क्रममा उनले आफूले इमान्दार भएर राष्ट्रको पक्षमा काम गरेको तर एउटा संचार माध्यमले लेख्ने साथ सत्य ठानेर आफूमाथि प्रहार भएको जिकिर गरे ।

उनले भने ‘इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ । इमान्दार हुँदाखेरी प्रश्न माथि प्रश्न उठ्ने रहेछ । एउटा पत्रिकाले पटक पटक होहो-याउँछ र त्यसैलाई हामी सत्य ठान्छौँ । त्यसको यथार्थलाई बुझ्न चाहाँदैनौँ । मैले पारदर्शी ढंगबाट काम गरेको छु । कुनै पनि प्रभावबाट मैले काम गरेको छैन।  यो पद र जिम्मेवारिमा रहेसम्म पूर्ण रुपमा आफ्नो जिम्मेवारी बहन गर्ने छु। ’उनले भने ।

Skip This
Skip This
Logo