नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले पेश गरेको बजेटमाथि टिप्पणी गर्दै सरकारलाई मजाकमा उडाएका छन्।
मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले गत बर्षको बजेटमा ५५ अर्ब आउने कुरा गर्दा ४ अर्ब आयो यसपटक पनि कति आउछ भन्दै प्रश्न गरे।
उनले भने ‘अर्थमन्त्रीज्युले यस पल्ट मजाले राख्नु भएको छ, ५० अरव ५ अरव आएको छैन ५० अरवको फेरि लक्ष्य राख्नु भएको छ। यर्थाथमा साँचै कतिआउला जस्तो लाग्छ। अहिले भन्न मिल्दैन होलापछि भन्नुहोला अर्थमन्त्री जी। साँच्चै कति आउँला। पहिले पनि ५५ अर्व आउँछ भनेर पोहोर यहि बोलेको हो नि आयो कति भन्दा ४ अरव। यो रोष्ट्रममा आएर जे भन्दिए पनि हुन्छ। च्यवन भन्ने ,कृषि सुकेर सिठ्ठा जस्ता भएको थियो रे च्यवनप्रास खाएपछि बढे रे, के अर्थमन्त्रीजीले गर्ने रिकभरि प्लानमा के च्यवनप्रास छ?





























प्रतिक्रिया