स्कोडाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले ग्राहकहरुलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ ।
उक्त अफरअन्तर्गत ग्राहकरुहरुले नेपाली बजारमा रहेको लोकप्रिय एसयूभी कुशाक खरिद गरेको ६ महिनापश्चात मात्र किस्ताबन्दी अर्थात ईएमआई भुक्तानी गर्दा हुनेछ ।
कम्पनीका अनुसार नेपाली बजारमा म्यानुअल र अटोमेटिक गरी दुई भर्सनमा स्कोडा कुशाक उपलब्ध छन् । म्यानुअलमा पनि एक्टिभको मूल्य ४९ लाख ९० हजार, एम्बिसनको मूल्य ५७ लाख ९० हजार र स्टाइलको ६७ लाख ९० हजार रुपैयाँ छ भने अटोमेटिकमा उपलब्ध एम्बिसनको मूल्य ६४ लाख ९० हजार र स्टाइलको ७४ लाख ९० हजार रुपैयाँ छ ।
यस अफरमा शुरुमा ३० प्रतिशत डाउन पेमेन्ट गरेर वा आफूसँग रहेको कुनै पनि ब्रान्डको पुरानो कारसँग एक्सचेन्ज गरेर नयाँ स्कोडा कुशाक लिन सकिन्छ । मन्दीको समयमा ग्राहकहरुलाई सहज होस् भन्ने उदेश्यका साथ यो अफर ल्याएको कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया