राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले बनाएको बजेट असफल भएमा माफी माग्नुपर्ने बताएका छन् ।
बुधवार प्रतिनिधिसभाको बैठकमा बजेट माथिको छलफमा भाग लिँदै सांसद झाले सैद्धान्तिक रुपमा हेर्ने हो भने राजनीतिक रुपमा हेर्ने हो भने आफूले बनाएको बजेट असफल हुँदा माफी माग्नुपर्ने टिप्पणी गरेका हुन् ।
उनले भने, ‘सैद्धान्तिक रुपमा हेर्ने हो भने राजनीतिक रुपमा हेर्ने हो भने बनाएको बजेट असफल भयो भने राजनीतिक रुपमा माफी पनि माग्नु पर्ने हो नि । तर यो देशमा आफुले बनाएको बजेटको हिसाब मिलेन सफल भएन भने पनि माफी मागेको देखिदैंन ।’
सांसद झाले सरकारले ल्याएको बजेट जटिल रहेको पनि टिप्पणी गरेका छन् । सरकारले आयको सम्भावना भन्दा धेरै फरक परिकल्पना गर्ने र खर्च चाँहि मनलाग्दी तरिकाले गर्ने भन्दै बजेटलाई चाहिने भन्दा बढी जटिल बनाइएको बताएका हुन् ।
उनले भने,‘बजेटलाई चाहिने भन्दा बढी जटिल बनाईंदै छ । आय र खर्चको सन्तुलित व्यवस्थापन मात्र हो यो तर यसलाई एकदमै जटिल गरिएको छ । आयको हामी सम्भावना भन्दा धेरै फरक परिकल्पना गर्छौ र खर्च मनलाग्दी गछौं ।’





























प्रतिक्रिया