लेखनाथ दाहालको अभिव्यक्तिप्रति सूर्य थापाको आपत्ति

लेखनाथ दाहालको अभिव्यक्तिप्रति सूर्य थापाको आपत्ति

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद सूर्य थापाले सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् । 

प्रतिनिधि सभा बैठकमा लेखनाथ दाहालले बैठकमा प्रधानमन्त्रीलाई बोल्न नदिएको विषयलाई उठाएर दिएको वक्तव्यप्रति सांसद थापाले बजेटमाथि छलफल गर्न रोस्टममा गएर कहिले पित्तल, चाँदीको कुरा उठाउने, कहिले प्रधानमन्त्रीको वकिल भएर गएको भन्दै आपत्ति जनाएका हुन् । 

उनले आफू आम जनताको प्रतिनिधिको रुपमा सदनमा आएको भन्दै बन्दी भएर बस्न नपर्ने बताए ।

सांसद थापाले भने, 'बजेटमाथि छलफल गर्न रोस्टममा जानु भएको होकि कहिले पित्तल लिएर जानु हुन्छ, कहिले चाँदी लिएर जानु हुन्छ, कहिले प्रधानमन्त्रीको वकिल भएर जानुहुन्छ । सांसदको हैसियतमा म स्वतन्त्र हो, पार्टीको सदस्य हुँ, सांसदको हिसाबमा आम जनताको प्रतिनिधि हो । मलाई स्वतन्त्र रुपमा आफ्नो भूमिका खेल्न पठाएको हो म बन्धक छैन् ।' 

Logo