कारोबार हुने साताको चौथो दिन नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४ दशमलव ६८ अंकले बढेर १ हजार ९३२ दशमलव ३३ विन्दुमा बन्द भएको हो ।
बुधबार २१६ वटा धितोपत्रको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ । कारोबारमा आएका धितोपत्रमध्ये १३७ वटाको बढेको छ भने ७४ को घटेको छ ।
बुधबार युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । कारोबार रकमको आधारमा सबैभन्दा बढी सोल्टि होटल लिमिटेडको भएको छ । उक्त कम्पनीको १० करोड १३ लाखभन्दा बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।































प्रतिक्रिया