यो देश नेता उत्पादन गर्ने थलो मात्रै भयोः चित्रबहादुर केसी

यो देश नेता उत्पादन गर्ने थलो मात्रै भयोः चित्रबहादुर केसी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश नेता उत्पादन गर्ने थलोमा परिणत भएको टिप्पणी गरेका छन् । 

बुधवार प्रतिनिधिसभामा बजेटमाथि आफ्नो धारणा राख्दै अध्यक्ष केसीले नेपालमा विकासको नाममा नेता उत्पादन र मन्त्री र सांसदको सङख्या बढाउने मात्र काम भएको टिप्पणी गरेका हुन् । उनले देशको सबै ठाउँमा उत्पादन लसुन, प्याज, खुर्सानीमा कर लगाएर बाहिरबाट ल्याउनुपर्ने भन्दै गुनासो पोखे ।

अध्यक्ष केसीले भने, ‘अहिले सरकारले लसुन प्याज खुर्सानीमा कर लगाएको छ । हिमाल पहाड तराई सबै ठाउँमा हुन्छ यो । सबै बाहिरबाट ल्याउनु पर्ने । अहिलेसम्म हामीले नेपालमा विकास गरेको भनेको नेता उत्पादन गरेको हो । मन्त्री र सांसद बढाएको मात्र हो ।’

उनले खर्च घटाउनका लागि मन्त्री र सांसद घटाउनु पर्ने भन्दै संघीयता खारेज गर्न आग्रह गरे । उनले सत्तामा रहँदा सबैले राम्रो देख्ने र प्रतिपक्षमा बस्नासाथ नराम्रो देख्ने बानी नबदलिएको पनि बताए । 

Logo