क्रसफायर तथा इटालीका मोटोको नेपालका लागि आधिकारिक बिक्रेता क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले आकर्षक अफर सार्वजनिक गरेको छ ।
‘उपहार मेला नो झमेला’ नामक यस अफरअन्तर्गत ग्राहकहरुले मोटरसाइकल र स्कुटर खरिदमा डिस्काउन्ट, फाइनान्स अप्सन र एक्सचेन्ज अफर प्राप्त गर्न सक्नेछन् । क्रसफायर ट्रेकर २५०, एचजे २५० तथा इटालिका मोटो स्टालियोन २५०, नेभादा २५० र फर्मुला १५० मा १० हजार नगद छुट हुनेछ । ५ लाख भन्दा कम मूल्यका मोटरसाइकल र स्कुटरमा ५० प्रतिशत र त्यो भन्दा बढीका मोटरसाइकल तथा स्कुटरमा ६० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ । २ वर्षका लागि ९ प्रतिशत ब्याजदरमा फाइनान्समार्फत यी सवारी साधन खरिद गर्न सकिने छ ।
माउन्टेन फ्लाइट टिकट र १ लाख रुपैयाँ सम्मको नगद पुरस्कार समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
एक्सचेन्जमार्फत क्रसफायर तथा इटालीका मोटो मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकले १० हजार एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् । ग्राहकले मोटरसाइकल किनेको एक वर्षसम्म स्पेयर पार्ट्समा १५ प्रतिशत छुट पाउने छन् भने एकजना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्नसक्ने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया