ड्र्यागन बोट महोत्सवले पोखरा विमानस्थलको सञ्चालनमा सहयोग पुग्नेछः सिइओ रेग्मी

ड्र्यागन बोट महोत्सवले पोखरा विमानस्थलको सञ्चालनमा सहयोग पुग्नेछः सिइओ रेग्मी

केन्द्रबिन्दु
0
Shares

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सिइओ डा. धनञ्जय रेग्मीले ड्र्यागन बोट दौड महोत्सवले राज्यको ठूलो ढुकुटी प्रयोग गरेर बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउन मद्दत गर्ने बताएका छन् । 

नेपाल–चीन मैत्री ड्र्यागन बोट दौड महोत्सव सम्बन्धि आयोजित पत्रकार सम्मेलन सीइओ रेग्मीले महोत्सवबाट सम्बन्ध बढाउन, च्याटर फइट्हरु सुरु गर्न, नयाँ विषय स्थापित गर्न र अफ सिजनमा पर्यटकलाई आकर्षण गर्ने कार्यमा सहयोग पु-याउने पनि विश्वास व्यक्त गरे । 

उनले भने, 'राज्यको ठूलो ढुकुटी प्रयोग गरेर बनाइएको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक यही अवसर पारेर चाइना एम्बेसीको सहयोगमा हामीले च्याटर फइट्हरु ल्याउने प्रयास गरेका छौ र यो एउटा ऐतिहासिक क्षण पनि हुने छ । च्याटर फइट्हरु ल्याउन सफल भयो भने हामी त्यसलाई निरन्तरता दिन सक्छौँ । यो महोत्सवको धेरै महत्व छ, सम्बन्ध बढाउन, दोस्रो च्याटर फइट्हरु सुरु हुदैँछ, तेस्रो एउटा नयाँ विषय स्थापित गर्दै छौ, चौथो अफ सिजनमा पर्यटकलाई आकर्षण गर्न सक्ने छौ ।'

उनले महोत्सव असारको सुरु र वर्खाको सुरुमा हुने हुनाले अफ सिजनको समय पर्यटकलाई आकर्षक गराउन एकदमै राम्रो स्रोत भएको हुनाले यसलाई सफल बनाउनु आवश्यक भएको बताए । 

सीइओ रेग्मीले गत ५ देखि ६ महिनाको डाटा हेर्दा नेपालको पर्यटन जगतले अहिले ९२ प्रतिशत पुनः प्राप्ति गरिसकेको भन्दै नेपालमा पर्यटकको क्षेत्र एकदमै विकास भएको बताए ।

Logo