काठमाडौं ।
मोबाइल एप रिचार्जरले लेमन फ्लेवरको गूणस्तरीय एमएचआई ब्राण्डको स्यानिटाइजर नेपाली बजारमा ल्याएको छ । कार्यालय, होटल तथा रेष्टुरेण्टलाई लक्षित गर्दै रिचार्जरले नयाँ फ्लेवरको स्यानिटाइजर बजारमा ल्याएको हो ।
नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रिचार्जरले एमएचआईका स्यानिटाइजरको थोक तथा खुद्रा बिक्री बितरण गर्न थालेको हो ।
यो स्यानिटाइजर अल्कोहलको गन्धयुक्त रहेको रिचार्जरले जनाएको छ । यसको खरिदका लागि प्रि बुकिङ गर्नु पर्ने हुन्छ । रिचार्जरले हालका लागि ५०० मिलिलिटरसम्मका प्याकहरु उपलब्ध गराउने जानकारी दिएको छ ।
रिचार्जरले विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको एन ९५ मास्क पनि नेपाली बजारमा ल्याएको छ । कोरोना संक्रमणको जोखिम कायम रहेकाले नेपालमा नै पहिलो पटक रिचार्जरले विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको एन ९५ मास्क भित्र्याएको हो । यस्तो मास्क रिचार्जरले ५० रुपैंयाँमा उपलब्ध गराउने बताएको छ ।





























प्रतिक्रिया