१३ वर्षमै यौन दुव्यर्वहार भोगेकी सोनम

१३ वर्षमै यौन दुव्यर्वहार भोगेकी सोनम

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री सोनम कपुर बलिउडकै सबैभन्दा स्टाइलिस्ट अभिनेत्रीमा पर्छिन्। अनिल कपुरकी छोरी सोनम निकै बिलासी जीवन बिताउँछिन्।

सायद कमैलाई थाहा होला कि सोनमले १३ वर्षको उमेरमै यौन दुव्यर्वहार भोगेकी थिइन । यो घटनाबाट उनी यति डराएकी थिइन् कि उनले आफूले नै गल्ती गरेको महशुस गरिन। घटनाबारे उनले कसैलाई सुनाइनन्। यो कुराकाे खुलासा उनले हालै एक अन्तरवार्तामा गरेकी हुन्।

‘जोकोही पनि बाल्यकालमा कहिले न कहिले यौन दुव्यर्वहारको शिकार हुन्छ। मलाई थाहा छ कि मैले पनि दुव्यर्ववहार भोगेकी थिए। त्यो मेरा लागि ठूलो चोट थियो। यो बारेमा मैले दुई तीन वर्षसम्म कसैलाई बताइन। मलाई त्यो घटना अहिलेसम्म सम्झना छ’, उनले भनेकी छन्। सोनमका अनुसारा यो घटना मुम्बईको गाइट ग्यालेक्सी थिएटरमा भएको थियो। जहाँ उनी आफ्ना साथीहरुका साथ फिल्म हेर्न गएकी थिइन्।

‘सबै मानिसहरु केही खानेकुरा किन्न बाहिर गएका थिए। त्यही बेला एक मानिस पछािडबाट आएर मेरो छाती थिच्यो। त्यो बेला म सानी थिए, मेरो आकृति थिएन। मेरो छाती थिचेपछि म कामें। मलाई थाहा थिएन कि यो के भइरहेको छ। त्यसपछि म भित्र गएर पुरै फिल्म हेरें। त्यो बेला मैले नै केही गल्ती गरेर यस्तो हो कि भन्ने भयो’,उनले भनेकी छन्।

Skip This
Skip This
Logo