‘सरकारले ल्याएको बजेट कुइरोमा रनभूल्ल परेकाे काग जस्तो’ -सांसद आचार्य

‘सरकारले ल्याएको बजेट कुइरोमा रनभूल्ल परेकाे काग जस्तो’ -सांसद आचार्य

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद भीमप्रसाद आचार्य सरकारले ल्याएको बजेट कुइरोको काग जस्तो रनभुलमा परेको जस्तो भएको बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र वार्षिक व्ययको वार्षिक अनुमान माथिको छलफलमा सहभागी हुँदै सांसद आचार्यले बजेटले मुलुकको आर्थिक संकटको पहिचान गर्न नसकेको बताएका हुन् । 

उनले भने, 'अर्थमन्त्रीले पेश गरेको दस्तावेजमा अहिलेको मुलुकको जल्दा बल्दा आर्थिक समस्याहरु छन्, अर्थतन्त्रमा गर्नुपर्ने सुधारका कुराहरु छन,त्यसलाई समाधान गर्ने कुनै कुरा छैन् । बजेट सरकारको नीति कार्यक्रम, बजेटका सिद्धान्त र प्राथमिकता कुनै कुरामा पनि मेल खाएको छैन । यसले मुलुकको आर्थिक संकट पहिचान गर्न र बुझ्न सकेको देखिँदैन । यसको गन्तव्य र दिशा उदेश्यमा स्पष्ट छैन् । यो कुइरोको काग जस्तो रनभुलमा परेको जस्तो छ । यो परम्परागत र टालटुले ढंगले आएको जस्तो देखिन्छ ।'

सांसद आचार्यले देशको विकास र समृद्धिको मुख्य शत्रु भनेको कुशासन भएको बताए । मुलुकमा भ्रष्टचार र विचौलियाको विगविगी रहेको भन्दै उनले कसैलाई केही गर्न नदिएको बताए ।

Logo