कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ ।
जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ४ झिलमिला गड्डा टोलकी ४५ वर्षकी दुर्गा थापाको शव फेला परेको हो । उनी बिहीवार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् ।
राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं डीएसपी प्रकाश डाँगीले बताए । उनले मृत्युको कारण नखुलेको बताए ।





























प्रतिक्रिया