प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले अर्को हप्ता चीनको राजकीय भ्रमण गर्ने भएका छन् ।
बेइजिङले शुक्रबार जनएअनुसार चीनले इजरायल–प्यालेस्टाइन शान्ति वार्तालाई सहजीकरण गर्न मद्दत गर्न तयार रहेको बताएपछि सो भ्रमण हुन लागेको हो । "राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले जुन १३ देखि १६ सम्म चीनको राजकीय भ्रमण गर्नुहुनेछ," विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले उल्लेख गरेका छन् । -एएफपी





























प्रतिक्रिया