कञ्चनपुरमा चोरी मुद्धाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ

कञ्चनपुरमा चोरी मुद्धाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी गरेर फरार रहेका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् ।

जिल्लाको साविकको झलारी गाविस–५ का लालबहादुर ऐर बिहीवार पक्राउ परेका हुन् । उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्ला अदालत कञ्चनपुरले २०४९ मंसिर आठ गते तीनदिन कैद तोकेको थियो । ऐरलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले बिहीवार आफ्नै घरमा लुकिछिपि रहेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई आज कञ्चनपुर जिल्ला अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरी निरीक्षक बहादुर चन्दले बताए ।  

Logo