नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहन्छः मन्त्री शर्मा

नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहन्छः मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताएकी छन् । 

नेपालका लागि चिनियाँ राजदूत छन सङसँग मन्त्रालयमा भएको दुई पक्षीय भेटवार्तामा मन्त्री शर्माले नेपाल र नेपाली जनताको हितमा अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोगको सधैँ स्वागत गर्न तयार रहेको बताएकी हुन् । उनले सूचना र प्रविधिको क्षेत्रबाट समृद्धि हासिल गर्ने नेपालको प्राथमिकता भएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायबाट आउने सहयोग स्वागतयोग्य भएको भन्दै प्रविधिको क्षेत्रमा सम्पन्नता हासिल गरिसकेका चीनसहित अन्तर्राष्ट्रिय समुदायले यसमा सहयोग गर्नसक्ने बताइन् ।

मन्त्री शर्माले विकासोन्मुख र भूपरिवेष्ठित राष्ट्र नेपालमा सूचना प्रविधिबाट आर्थिक सम्पन्नता हासिल गर्न सक्ने विश्वास बृद्धि हुँदै गएको उल्लेख गर्दै सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सम्पन्न देशहरुसँग ज्ञान र सिपको आदानप्रदान गर्न चाहेको बताइन् । 

नेपाल प्राकृतिकरुपमा विश्वकै सुन्दर मुलुक भएकाले चलचित्र क्षेत्रको पनि विकास गर्न सकिने प्रशस्त संभावना रहेको हुँदा फिल्म सिटी निर्माणको सवालमा पनि चीनले सहयोग गर्नसक्ने पनि उनको भनाइ थियो । 

नेपालका लागि चिनियाँ राजदूत छन सङले सूचना प्रविधि र सञ्चारको क्षेत्रमा नेपालको प्राथमिकता जानकारी भएकाले धेरै क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको भन्दै दुबै देशको आर्थिक उन्नतिबाट जनताले लाभ लिनसक्ने बताए । चीनमा कुनै सरकारी कार्यालयमा जाँदा कागज वा कार्ड बोक्नुपर्ने अवस्था नरहेको र सबै काम मोबाइलबाटै हुने उल्लेख गर्दै उनले यसबाट नेपालले पनि फाइदा लिनसक्ने बताए । 

उनले डेटा एप्लिेकेसनको क्षेत्रमा चीनले विश्वमै अगुवाई गरिरहेको उल्लेख गर्दै नेपालले पनि प्रविधिको माध्यमबाट विकास र सुशासनको क्षेत्रमा आफूलाई अघि बढाउनसक्ने बताए । 

राजदूत सङले नेपालको नयाँ पुस्तामा डिजिटल वल्र्ड तयार गर्न सके यसबाटसमृद्धिको ढोका खुल्ने भन्दै प्रविधिसहित विविध क्षेत्रमा चीन नेपाललाई सहयोग गर्न तयार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

Logo