नबिल बैंक र ल्याण्डमार्क होटलबिच छुटको लागि सम्झौता

नबिल बैंक र ल्याण्डमार्क होटलबिच छुटको लागि सम्झौता

केन्द्रबिन्दु
0
Shares

नबिल बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखी ल्यान्डमार्क होटेल एन्ड रिसोर्टसँग सम्झौता गरेको छ।

उक्त सम्झौताअन्तर्गत नबिल बैंकका ग्राहकले ल्यान्डमार्क होटेल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटेलहरूमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटेल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ। हालसम्म नबिल बैंकले दुई सय ५५ शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

Logo