एनआईसी एशिया क्यापिटल र सजिलो पे पेमेन्ट सर्भिसेशबीच सम्झौता

एनआईसी एशिया क्यापिटल र सजिलो पे पेमेन्ट सर्भिसेशबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया क्यापिटल र सजिलो पे पेमेन्ट सर्भिसेश प्रालिबीच क्यापिटलको आईडिया टु आइपिओ सेवा उपलब्ध गराउने सम्बन्धी दुईपक्षीय सम्झौता भएको छ । 

काठमाण्डौँमा रजिष्ट्रार कार्यालय रहेको सजिलो पे पेमेन्ट सर्भिसेश प्रालिलाई संस्थागत परामर्श सेवा प्राइभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्था गरिदिने सहित सजिलो पेलाई पब्लिक कम्पनीमा परिणत गरी आगामी दिनमा आइपिओ जारी गर्ने चरणमा पु-याई भविष्यमा सर्वसाधारणहरुमा साधारण शेयरको सार्वजनिक निष्कासन गरिदिनेसम्मको सेवा प्रदान गर्ने सहमति भएको हो । 

सजिलो पे नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त डिजिटल वालेट भुक्तानी सेवा प्रदायक कम्पनी हो । जसबाट छिटो र सुरक्षित रुपमा अनलाइनमार्फत बिल भुक्तानी गर्न सकिन्छ । 

Logo