ए डिभिजन लिग आज सकिँदै, यस सिजनको विजेता चर्च ब्वाईज

ए डिभिजन लिग आज सकिँदै, यस सिजनको विजेता चर्च ब्वाईज

केन्द्रबिन्दु
0
Shares

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिदैछ ।

सिजनको अन्तिम दिन आज  तीन खेल हुँदैछन् । आज मछिन्द्र क्लब र मनाङ  मर्स्याङ्दी, संकटा क्लब र न्युरोड टिम (एनआरटी) तथा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले गत बैशाख १० गते लिगको दोस्रो लेगको खेलतालिका सार्वजनिक गर्ने क्रममा घोषणा गरे अनुसार आजबाट लिग सकिन लागेको हो । 

पहिलो पटक ए डिभिजन खेल खेलेको चर्च ब्वाईज लिग खेल सकिनु अगाबै लिग विजेता भइसकेको छ भने मच्छिन्द्र क्लब अंक तालिका अनुसार दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेपाल पुलिस क्लब रहेको छ ।

जस अनुसार लिगको १४ औँ देखि २६औँ चरणसम्मको खेल वैशाख १९ देखि सुरु भई आजसम्म हुनेछन्। आज अन्तिम खेल जावालाखेल युथ क्लब र फ्रेन्डस क्लबका बिचमा हुनेछ।

Logo