लिभरपुलका मिडफिल्डर नेबी केइटा जर्मन क्लब वेर्डेर ब्रेमेनमा अनुबन्धित भएका छन्।जर्मन क्लबले केइटालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो। गिनिका मिडफिल्डरले बुन्डेसलिगा क्लबसँग ३ वर्षको सम्झौता गरेका छन्।
केइटाको लिभरपुलसँगको सम्झौता सिजनको अन्त्यसँगै सकिएको थियो। २८ वर्षीय मिडफिल्डर २०१८ मा आरबी लाइपजिगबाट लिभरपुल आएका थिए। लिभरपुलका लागि उनले १२९ खेलमा ११ गोल गरेका छन् ।





























प्रतिक्रिया