भिपीएन प्रयोग गर्ने लाखौं प्रयोगकर्ताको डेटा चोरी

भिपीएन प्रयोग गर्ने लाखौं प्रयोगकर्ताको डेटा चोरी

केन्द्रबिन्दु
0
Shares

निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) सेवा प्रयोग गर्ने लाखौं प्रयोगकर्ताको डेटा टेलिग्राम ग्रुपमा भेटिएको छ । एक ह्याकरको समूहले ‘आईटुभीपीएन’ नामक भिपीएन प्रयोगकर्ताको डेटा टेलिग्राम ग्रुपमा लिक गरेको हो ।

गुगल प्लेस्टोर तथा एप स्टोरमा उपलब्ध यो एपका पाँच लाख प्रयोगकर्ताको डेटा लिक भएको छ । उक्त घटनापछि भिपीएन प्रदायकको सुरक्षा र गोपनीयतलाई लिएर प्रश्न उठ्न थालेको छ ।

‘सेफ्टी डिएक्टिभेट’मा प्रकाशित एक रिपोर्टका अनुसार ह्याकरले भीपीएन सेवा प्रदायकको ड्याशबोर्डको यूआरएल, पासवर्ड तथा ईमेल सार्वजनिक गरेकाछन् । अरबी भाषामा टेलिग्राम च्यानलको नाम राखिएको छ । सेफ्टी डिएक्टिभेटको टिमले नै पहिलो पटक लिक भएको डेटाको जानकारी पाएका हुन् । सेफ्टी डिएक्टिभेटका अनुसार डेटाबाहेक ह्याकरले भीपीएनको एड्मिन ड्याशबोर्ड कस्तो देखिन्छ भन्ने स्क्रिनशट समेत शेयर गरेका छन् ।

प्रयोगकर्ताको लगइन डिटेल बाहेक प्रिमियम सेवा लिने प्रयोगकर्ताको भुक्तानीका संवेदनशिल डेटा पनि लिक भएका छन् । ह्याकरले यी संवेदनशील डेटा २९ मे २०२३ मा टेलिग्राममा राखेका थिए । टेलिग्राम च्यानलमा मात्र डेटा लिक भएको वा अन्य स्रोतहरुमा पनि लिक भएको छ भन्नेबारे हालसम्म प्रष्ट भइसकेको छैन । 

आईटुटेक नामक कम्पनीले विकास गरेको उप पाँचलाख भन्दा बढी पटक डाउनलोड भएको छ । एप स्टोरमा पनि एप उपलब्ध भएकाले पाँच लाखभन्दा बढी प्रयोग कर्ताको डेटा ह्याक भएको सेफ्टी डिएक्टिभेटको टिमले जनाएका छन् । 

इन्क्रिप्टेड मेसेज प्रवाह गर्नका लागि टेलिग्राम उपयुक्त प्लेटफर्म भएकाले ह्याकरले यसमा ह्याक गरेका डेटा शेयर गर्ने गर्छन् । यसरी विभिन्न असुरक्षित एपबाट डेटा लिकहुने सम्भावना उच्च भएकाले विज्ञहरूले डिभाइसमा एन्टिभाइरस, पासवर्ड मेनेजर तथा लिक डिटेक्सन जस्ता एप प्रयोग गर्न सुझाव दिएका छन् ।

Skip This
Skip This
Logo