महिला समितिद्वारा मधेशी आयोगलाई निर्देशन (भिडियोसहित)

महिला समितिद्वारा मधेशी आयोगलाई निर्देशन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले मधेशी समुदायको हितलाई केन्द्रमा राखि ठोस योजना बनाएर काम गर्न मधेशी आयोगलाई निर्देशन दिएको छ ।

समितिले सामाजिक एवं सांस्कृतिक कुरुतिबाट प्रभावित मधेशी समुदायको बृहत्तर हितका लागि आयोगले कार्ययोजना बनाई कार्यान्वयन गर्न नसकेको भन्दै गम्भिरतापूर्वक ठोस योजना बनाई काम गर्न निर्देशन दिएको हो ।

समितिको मंगलबारको बैठकमा मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तसँग आयोगको वार्षिक प्रतिवेदन २०७६ माथि छलफल गरेपछि समितिका सभापति निरुदेवी पालले गम्भिरता पूर्वक एकीकृत नीति बनाई काम गर्न निर्देशन दिइन् ।

Skip This
Skip This
Logo