अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताएका छन् ।
स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले उल्लेख गरेअनुसार मन्त्रीले भनेका छन्- "हाम्रो तर्फबाट देशमा महिलाद्वारा सञ्चालित व्यवसायमा कुनै समस्या छैन। महिलाद्वारा सञ्चालित ५ हजार आधिकारिक कम्पनी छन् ।"
तालिबानी सरकार महिला अधिकार विरोधी रहेको चौतर्फी आलोचनाका बीच यो विवरण सार्वजनिक भएको हो ।





























प्रतिक्रिया