कालिकोटमा जीप दुर्घटना, ३ जनाको मृत्यु

कालिकोटमा जीप दुर्घटना, ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कालिकोटको शुभकालीका गाउँपालिका-६ को बोलेरो गाडी दुर्घटनामा परि तिनजनाकाे मृत्यु भएकाे छ। शनिबार राती लु१च८४९८ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा चालक शुभकालीका २ का ३० वर्षीय हर्क बि.क, शुभकालीका ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले ३ का २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

प्रहरी निरीक्षक यज्ञराज जोशीको टोली घटना स्थल पुगेको छ । थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

Logo