बन्दाबन्दीमा एक हजार ११९ मानव अधिकार उल्लङ्घनका घटना

बन्दाबन्दीमा एक हजार ११९ मानव अधिकार उल्लङ्घनका घटना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बन्दाबन्दीका अवधिका तीन महिनामा एक हजार ११९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकद्वारा बन्दाबन्दीको तीन महिनाको सार्वजनिक आवधिक प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

प्रतिवेदनमा ०७६ चैत ११ देखि २०७७ असार १० गतेसम्मका घटनाहरु समावेश रहेका पनि इन्सेकले जनाएको छ । यस अवधिमा राज्य पक्षबाट तीनजना महिलासहित ६४ र अन्य पक्षबाट ८४१ महिलासहित १५५ गरी एक हजार ११९ जना पीडित भएका इन्सेकले जनाएको छ ।

अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४७६ र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २८४ जना पीडित भएका छन् । त्यसैगरी, यो अवधिमा अमानवीय व्यवहार ११, धम्की पाँच, घाइते ११२, कुटपिट १२, अपहरण ६, गिरफ्तार ३१, हत्या ७२, प्रहरी हिरासतमा यातना दुई र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख छ ।

बन्दाबन्दीका तीन महिनामा २५ स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको छ । मानव अधिकारको संरक्षण र सम्वर्धनमा राज्यको दायित्व हुने भए पनि यस अवधिमा राज्यको संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको भन्दै इन्सेकले स्वास्थ्यकर्मी र पत्रकारमाथि आक्रमण तथा दुर्व्यवहारका घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।रासस

Logo