न्यायपरिषदले कायम मुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई अवकाश हुने मितिको पत्र दिएको छ। आइतबार न्यायपरिषद सचिवालयका सहसचिव मानबहादुर कार्कीले कामु प्रधानन्यायाधीश कार्कीलाई अनिवार्य अवकाश हुने पत्र दिएका हुन्।
‘यस सचिवालयमा रहेको अभिलेख तथा निजामती किताबखाना समेतबाट प्राप्त यहाँको वैयक्तित वितरण अभिलेखका आधारमा सम्माननीय महोदय मिति २०८०/०४/१९ मा ६५ वर्ष पूरा भइ उमेरका कारणले मिति २०८०/०४/२० देखि अनिवार्य अवकाश हुनुहुने व्यहोरा न्यायपरिषद ऐन २०७३को दफा ३१ बमोजिम निर्णयानुसार जानकारी गराउँदछु,’ पत्रमा भनिएको छ।






























प्रतिक्रिया