सुदूरपश्चिमको बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ।
बाजुराको बिछ्या क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान ७ बजेर ३८ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि गत वैशाखमा १ हप्ताभित्रै २ पटक बिछ्या क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।





























प्रतिक्रिया