प्रस्तावित प्रधानन्यायाधीशमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुँदै

प्रस्तावित प्रधानन्यायाधीशमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुँदै

केन्द्रबिन्दु
0
Shares

संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा सोमबार बिहान ११ बजे बस्ने गरी समितिको बैठक बोलाइएको छ। 

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरी खोलेर सदस्यहरुलाई वितरण गर्ने कार्यतालिका छ। यही १६ जेठमा १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको थियो।

सो समयमा परेका उजुरी सोमबार बस्ने बैठकमा खोल्ने र वितरण गर्ने संघीय संसदका उपसचिव विमला घिमिरेले जानकारी दिएकी छिन्।प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल गरी निर्णय गरिने बैठकको एजेण्डा रहेको छ। 

Skip This
Skip This
Logo