दक्षिण कोरियामा नेपाली श्रमिकको तलब वृद्धि, कति पुग्यो अब ?

दक्षिण कोरियामा नेपाली श्रमिकको तलब वृद्धि, कति पुग्यो अब ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला प्रतिघण्टा १३० कोरियन वन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो ।

मजदूर सङ्घका प्रतिनिधि, उद्योग सङ्घका प्रतिनिधि तथा सरकारी कर्मचारीको पटकपटकको बैठकले प्रतिघन्टा १३० वन अर्थात् हालको ज्याला अनुरुप १.५ प्रतिशत ज्याला वृद्धि गर्ने निर्णय गरेको हो । निर्णय अनुसार सन् २०२१ देखि प्रतिघन्टा आठ हजार ७२० वन पुग्नेछ । अर्थात् अब कोरियामा रोजगारी गरिरहेका नेपालीको न्यूनतम ज्याला रु ८७० पुग्नेछ । महिनामा २०९ घण्टा श्रम पूरा गर्ने मजदूरको न्यूनतम तलब रु १८ लाख २२ हजार ४८० वन लगभग रु एक लाख ८० हजार पुग्नेछ ।

सन् २०२० लागि २.९ प्रतिशत वृद्धि भएको तलब यस वर्ष भने कम वृद्धि भएको हो । कोरोना माहामारीका कारण कतिपय कम्पनी चल्न मुस्किल भएकाले पनि तलब वृद्धि कम हुन सक्ने बताइएको छ ।

कोरिया जान पाउनु पर्ने माग गर्दै प्रदर्शन

यसैबीच दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका छन् । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द गरेपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले उडान सञ्चालन गर्नु पर्ने माग गर्दै मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । कोभिड–१९ को जोखिम बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गरेको छ ।

प्रदर्शनमा सहभागीले ‘कि रोजगारी दिनुपर्यो, कि कोरिया जान दिनुपर्यो’ र ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान नियमित गरियोस्’ लेखिएका प्ले कार्ड बोकेका थिए । प्रदर्शनमा सहभागी दीपेश लामिछानेले स्वदेशमा रोजगारी नभएको अवस्था र कोरियाका लागि सबै प्रक्रिया पूरा भइसकेको बताउँदै जति सक्दो चाँडो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसमक्ष आग्रह गरे।रासस

Skip This
Skip This
Logo