संसदीय सुनावाइ समितिका सदस्यहरूले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको उजुरीमाथि एक दिन मात्र छलफल गर्नुपर्ने बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा नेकपा (एमाले)का सांसद महेश बर्तौलाले उजुरीका नाममा ‘स्टन्ट’ गर्न खोजिएको छ कि छैन भन्ने विषयमा ख्याल गर्नुपर्नेमा जोड दिए ।
“उजुरीकर्तासँग छलफल लामो भयो । एउटै मानिसहरू राजदूत, संवैधानिक आयोग सबैतिर उजुरी दिएको देख्छु। उजुरीको नाममा स्टन्ट गर्ने मानिसहरू २९ जनाभित्र छन् कि छैनन् ?,” उनले भने, “कसैलाई नांगो बनाउन खोजिएको छ कि छैन ? एक दिन मात्र छलफल गरौँ।”





























प्रतिक्रिया