एमालेकाे प्रष्टिकरणः मुकुन्द न्यौपानेलाई सदस्य बनाएपछि ७० वर्षे उमेर हद हटाइयो

एमालेकाे प्रष्टिकरणः मुकुन्द न्यौपानेलाई सदस्य बनाएपछि ७० वर्षे उमेर हद हटाइयो

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ७० वर्षे उमेरहद हटाउने निर्णयको बचाउ गरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाएपछि उठ्ने प्रश्नको सम्बोधन गर्न ७० वर्षे उमेरहद हटाएको बताएका हुन् । एकीकृत समाजवादीबाट एमाले प्रवेश गरेका न्यौपानेलाई केन्द्रीय सदस्य बनाउँदा उठ्न सक्ने प्रश्नको सम्बोधन गर्नेगरी ७० वर्षे उमेरहदको प्रावधान हटाएको उनको भनाइ छ । 

महासचिव पोखरेलले ७०वर्षे उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने र लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्न नहुने बताए । 

Logo