प्युठान दुर्घटनामा ८ जनाको निधन भएकोमा प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

प्युठान दुर्घटनामा ८ जनाको निधन भएकोमा प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गरेका हुन्। “प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ जनाको निधन भएको खबरले दुःखित बनाएको छ। उक्त दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु”, समवेदनामा उल्लेख छ।

Skip This
Skip This
Logo