- तिलु शर्मा पौडेल
दोहा कतार
वैदेशिक रोजगारी अन्तर्गत नेपालीको प्रमुख गन्तव्य मध्यको एक हो खाडी राष्ट्र कतार । यहाँ कार्यरत मध्ये कतिपयहरूले कानुन उल्लघंनको कसुरमा जेल जीवन बिताई रहेका छन् ।
पछिल्लो समय कोरोनाका कारण उत्पन्न असहज परिस्थितिका कारण कतारले आममाफी पाएका, विभिन्न अभियोगमा बन्दी जीवन बिताएका र कतारको फिर्ती केन्द्रमा रहेकाहरूलाई डिपोर्ट गर्ने कार्यमा तीव्रता दिएको छ । यसै क्रममा आज बिहान १५६ जनालाई डिपोर्ट गरी कतार एयरलाइन्सको उद्धार उडान मार्फत नेपाल पठाइएको जानकारी दूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराईले दिएका छन् ।
कतार एयरवेजको यो चौथो उद्धार उडान हो । यसअघि पहिलो उद्धार उडानमार्फत ४३ जनासहित २० वटा शव, दोस्रो उडानमा आफ्ना राजीनामा दिएका तथा कटौतिमा परेर बसेका कर्मचारी १४७ र तेस्रो उडानमार्फत १६३ जनालाई काठमाडौं अवतरण गराई सकेको छ । कतार एयरवेजले मात्र कुल ५०९ जनाको उद्धार गरी सकेको छ ।































प्रतिक्रिया