सर्वोच्च अदालतमा गौर हत्याकाण्डसम्बन्धी रिट निवेदनमाथि मंगलबार पनि सुनुवाईका लागि पेसी तोकिएको छ ।
सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाई हुने गरी पेसी तोकिएको हो । यसअघि सोमबार उक्त रिट निवेदनमाथि सुनुवाईका लागि पेसी तोकिए पनि बेञ्च नबसेको कारण स्थगित भएको थियो ।
गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले गत जेठ २१ गते सर्वोच्च अदालतमा दर्ता गरेको उक्त मुद्धामा पेसी तोकिएपनि ‘हेर्न नभ्याउने’मा पर्दै आएको छ ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । हत्यामा फोरमसम्बद्ध नेता, कार्यकर्ता तथा आपराधिक समूहको हात रहेको दाबी गरिएको थियो ।





























प्रतिक्रिया